उपत्यकामा रगत अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपत्यकामा रगत अभाव

blood

काठमाडौं, १४ कात्तिक । उपत्यकामा रगत अभाव भएपछि बिरामीलाई समस्या भएको छ। रगत अभाव हुँदा दुर्घटना, रक्त श्राव, प्रसूति, मिर्गौला, थालसेमिया, हेमोफिलियाका बिरामीको उपचार प्रभावित भएको छ।

मेडिसिटी अस्पतालमा भर्ना भएका मिर्गौलाका बिरामी राकेशकुमार ठाकुरका आफन्त बुधबार रगतको खोजीमा भौंतारिए। जनकपुरका ठाकुरलाई दुई पिन्ट ओ पोजेटिभ रगत चाहिएको थियो। आफन्त डा. निशान्तले भने, ‘रगतका लागि सबै ठाउँमा सोधपुछ गर्‍यौं। तत्कालै चाहिने हो भने डोनर (दाता) ल्याउनुस् भनेर फर्काए।’

ठाकुरको हेमोग्लोबिन न्यून भएकाले नियमित डायलाइसिसका लागि रगत आवश्यक परेको हो।

रेडक्रसको केन्द्रीय रक्त सञ्चार केन्द्रले पनि रगत अभाव भएको जनाएको छ। केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले भनिन्, ‘चाडबाड भएकाले रक्तदान कार्यक्रम हुन सकेन। पर्याप्त रगत संकलन हुन नसकेकाले अभाव भएको हो।’

काठमाडौं, भक्तपुर र ललितपुरमा रगत अभाव देखिएको हो। दैनिक दुई सय ५० पिन्ट रगत माग छ। दसैं, तिहार, छठलगायतका चाडपर्वका कारण रक्तदान नहुँदा मौज्दातमा राखिएको रगत सकिन लागेको डा. कर्णिकारले बताइन्। दसंैअघि डेंगुको प्रकोप भएका बेला रगत उपयोग बढी भएकाले अहिले अभाव देखिन थालेको हो।

आपत्कालीन अवस्थामा बाहेक अन्य बिरामीलाई रगत दिन नसकिने अवस्था रहेको सेवा केन्द्रका एक कर्मचारीले बताए। उनका अनुसार विशेष गरी नेगेटिभ समूहको रगत कमी छ। मुटुको शल्यक्रिया लगायतका कतिपय जटिल अवस्थामा एकैपटक दश–बाह्र पिन्ट रगत चाहिने भएकाले मौज्दात रित्तिँदा समस्या भएको हो। यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);