प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ राजदूत होउ यान्छीबीच सैनिक मुख्यालय जङ्गी अड्डामा भेटवार्ता भएको छ । चिनियाँ राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता हुने क्रममा प्रधानसेनापतिसँग बिदाई भेट गरेको नेपाली सेनाले जनाएको छ ।

भेटघाटमा प्रधानसेनापति शर्माले कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै सुखद् भविष्यको लागि शुभकामना दिएका थिए । यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले व्यक्त गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);