स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

स्वतन्त्र उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन

बारा । बारा ४ (क) मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी नारायणी रायमाझी (निरु) को उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएको छ । सता गठबन्धनका उम्मेदवारविरुद्ध परेको रायमाझीको उम्मेदवारी फिर्ता गराउन प्रहरी परिचालन गरिएपछि केहीबेर सिमराको एक होटल क्षेत्र तनावग्रस्त बन्याे ।

आफ्ना शुभेच्छुकमाझ सिमराको एक होटलमा बसिरहेकी रायमाझीलाई लिन इलाका प्रहरी कार्यालय सिमराका डिएसपी युवराज तिमल्सिनाको टोली पुगेको थियो । डिएसपी तिमल्सिनाले आफूहरूलाई रायमाझी अपहरणमा परेको सूचना आएकाले आफूसँग हिंड्न आग्रह गरेका थिए । रायमाझीका समर्थकको अवरोधपछि डिएसपी तिमल्सिनाको टोली करिब आधा घण्टापछि होटलबाट फर्किएको थियो ।

सत्तारुढ दलका शीर्ष नेताबाट उम्मेदवारी फिर्ता गराउन भएको प्रयास असफल भएपछि प्रहरीसमेत परिचालन गरिएको र आफ्नो अपहरण नभएको उम्मेदवार रायमाझीले बताइन । रायमाझी नेपाली कांग्रेस नेतृ हुन् ।

उता डिएसपी तिमिल्सिनालाई यस बारेमा टेलिफोन सम्पर्क गरेर बुझ्दा आफुलाई रायमाझी अपहरणमा परेको भन्ने खबर आएकाले बुझ्न मात्रै आफु रायमाझी भएको स्थानमा पुगेको बताए । उनले आफुलाई अनावश्यक रुपमा आरोप लगाएको भन्दै उक्त आरोपको खण्डन समेत गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);