पुँजीगत खर्च प्रभावकारी बनाउन प्रमको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

पुँजीगत खर्च प्रभावकारी बनाउन प्रमको निर्देशन

kp oli1

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा व्यवस्था भएका कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिन सम्बन्धित विभागीय मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । विभिन्न विभागीय मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार आयोजित समीक्षा बैठकमा प्रधानमन्त्रीले पँुजीगत खर्चलाई प्रभावकारी परिचालन गर्न निर्देशन दिनुभएको हो ।

दुई दिनअघि मङ्लबारसम्मको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको कुल पुँजीगत खर्चको एक दशमलव ५३ प्रतिशतमात्र खर्च हुन सकेको छ । यो वर्ष पुँजीगततर्पm चार खर्ब आठ अर्ब रुपियाँ बजेट विनियोजन भएको छ । चालूतर्पmको खर्च भने १० प्रतिशतभन्दा बढी खर्च भएको छ । राजस्व सङ्कलन एक खर्ब ५५ अर्ब रुपियाँ पुगेको छ ।

पुँजीगत बजेट आर्थिक वर्षको अन्त्यमा मात्र खर्च गर्ने र त्यसले गर्दा विकासका काम पनि पूरा नहुने विगतको अनुभव छ । हतारमा खर्च गर्दा विकासनिर्माण गुणस्तरीय नहुने अवस्थालाई केन्द्रित गर्दै सरकारले विकास बजेटलाई आर्थिक वर्षको सुरुदेखि नै कार्यान्वयनमा ल्याउने समयतालिका बनाएपछि विगत दुई महिनामा कार्यतालिका प्रभावकारी कार्यान्वयनमा आउन नसकेको गुनासो छ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सकारात्मक परिणाम आउने गरी बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको बैठकमा सहभागी कृषि तथा पशुपक्षीमन्त्री बलदेव खनालले जानकारी दिनुभयो । “तपार्इंहरूले गर्नुभएको कार्यसम्पादन सम्झौता, बजेटले निर्दिष्ट गरेका योजना अनुसारका कामलाई तीव्रता दिनुहोस् भन्ने उहाँको निर्देशन हो,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै मन्त्री खनालले जानकारी दिनुभयो । यो समाचार गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);