अमेरिकी राजदुतले नेपाली सर्वसाधारण संग संवाद गर्ने कार्यक्रमबारे नेता नेपालको असन्तुष्टि | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

अमेरिकी राजदुतले नेपाली सर्वसाधारण संग संवाद गर्ने कार्यक्रमबारे नेता नेपालको असन्तुष्टि

berry

काठमाडौं, ९ जेठ । नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अमेरिकी राजदुत रेण्डी बेरीले सामाजिक सञ्जालमार्फत नेपाली सर्वसाधारण संग संवाद गर्ने कार्यक्रम संचालन गर्न लागेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

नेता नेपालले अन्तराष्ट्रिय अभ्यासमै नभएको त्यस्ता संवाद कार्यक्रम कूटनीतिक मर्यादा विपरित हुने भएकाले संचालन नगर्न पनि राजदुत बेरीको ध्यानाकर्षण गराउनु भयो । बुधबार संघीय संसद परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले कूटनीतिक मर्यादाको पालना ठूला देशले गर्नुपर्ने पनि स्पष्ट पार्नु भयो । वरिष्ठ नेता नेपालले अमेरिकाप्रति संकेट गर्दै कूटनीतिक मर्यादाको पाठ सिकाउने देशहरुले त झन त्यसको पालना गर्नुपर्ने पनि उल्लेख गर्नु भयो ।

सत्तारुढदल नेकपाकै अर्का नेता भिम रावलले कूटनीतिक मर्यादा विपरित गएर अमेरिकी राजदुत बेरीले नेपाली जनतासँग प्रत्यक्ष रुपमा संवाद गर्ने खालका कुनै पनि गतिविधि गर्न नमिल्ने प्रतिक्रिया दिनु भयो ।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारको अनुमतिविना अमेरिकी राजदुत बेरीले जनतासँग प्रत्यक्ष रुपमा गएर कुनै पनि कार्यक्रम गर्न नमिल्ने स्पष्ट पार्नु भयो ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सरकारसँग अनुमति नलिई राजदुत बेरीलाई सो संवाद कार्यक्रम संचालन गर्ने अधिकार नभएको बताउनुभयो ।

अमेरिकी राजदुत बेरीले आगामी सोमबारबाट सुरु गर्न लागेको ‘राजदुतसँग गफगाफ’ संवाद कार्यक्रमको सन्देश उहाँकै फेसबुक पेजमार्फत् सार्वजनिक भएपछि त्यसको विरोध हुन थालेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);