त्रिविका सबै शैक्षिक गतिविधि बन्द | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

त्रिविका सबै शैक्षिक गतिविधि बन्द

काठमाडाैं,१ भदाै । त्रिभुवन विश्वविद्यालयले घरबाटै काम गर्नेगरी सबै क्याम्पसको नियमित सेवा भाद्र १५ गते सम्मको लागि बन्द गरेको छ ।

कोरोना महामारीको कारण गत चैत ११ देखि शैक्षिक गतिविधि ठप्प भएको छ । शैक्षिक गतिविधि सुरसार गर्न लागेको त्रिविले पछिल्लो समय संक्रमण ह्वात्तै बढेपछि सबैखाले शैक्षिक गतिविधि बन्द गरेको हो ।

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय सहित मातहतका सबै क्याम्पसहरु भाद्र १ बाट १५ सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले सूचना जारी गर्दै सबै क्याम्पसलाई घरबाटै काम गर्न निर्देशन दिएको हो ।

लकडाउन अन्त्य भएपछि त्रिविले पढाइ र परीक्षाबाहेक विश्वविद्यालयका अन्य गतिविधि सञ्चालन गरेको थियो । तर, पुनःउपत्यका सहित मुलुकभर कोरोनाको सङ्क्रमण बढ्दै गएपछि विश्वविद्यालयले सबै सेवा बन्द गरेको हो ।

कोरोना महामारीको कारण शिक्षक तथा विद्यार्थीहरु कक्षा कोठामा उपस्थित हुन सक्ने अवस्था नभएपछि अनलाईन तथा भर्चुवल कक्षामा जोड दिएको विश्वविद्यालयले बताएको छ । सरकारी तथ्यांक अनुसार देशभर १ हजार ४ सय २५ क्याम्पस छन् । यी क्याम्पसमा ४ लाख २३ हजार ९ सय बढी विद्यार्थी अध्ययनरत छन् ।

त्रिभुवन विश्वविद्यालयमा मात्रै ६० आंगिक र १ हजार ८० सम्बन्धन प्राप्त क्याम्पस छन् । जसमा ३ लाख ३५ हजार बढी विद्यार्थी अध्ययनरत छन् । लामो समयको बन्दाबन्दीले विद्यार्थी मारमा परेका छन् । एकातिर शैक्षिक सत्र खेर गएको छ । अर्कोतिर विश्वविद्यालय सञ्चालन हुने अवस्था छैन । साथै अन्तिम तयारीमा रहेका परीक्षाहरु समेत लामो समय बितिसक्दा पनि सञ्चालन हुन नसकेपछि विद्यार्थी अलमलमा परेका छन् ।

विश्वविद्यालयले पछिल्लो पटक संक्रमणको स्थिति सामान्य हुँदै गइरहेको अवस्थामा रोकिएका परीक्षाहरु सञ्चालन गर्ने तयारी समेत गरेको थियो । तर, लकडाउन अन्त्यपछि कोरोना बढेकोले हाललाई सबै गतिविधि बन्द भएका हुन् ।

विशेष काम बाहेक अब त्रिविमा कुनै पनि शैक्षिक गतिविधि नहुने भएका छन् । जसका कारण लाखौ विद्यार्थीको चालु शैक्षिक सत्र लगभग खेर जाने निश्चित जस्तै भएको छ । यसर्थ विश्वविद्यालयले वैकल्पिक शिक्षण विधिको बाटो अपनाउनु उचित हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);