एसईई परीक्षाको नतिजा सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

एसईई परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको नतिजा आज सार्वजनिक गरेको छ । आज अपरान्ह बसेको बोर्डको बैठकले परीक्षाफल प्रमाणीकरण गरेपछि साँझ प्रकाशित गरिएको हो । बोर्डले १० दिनअघि नै विद्यालयले गरेको आन्तरिक मूल्यांकनका आधारमा नतिजा तयार पारेको थियो ।

नतिजा प्रकाशित गर्दा विद्यार्थीको चहलपहल बढ्ने र कोरोना संक्रमण झनै फैलन सहयोग पुग्ने भन्दै रोकिएको थियो । शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार लाख ८२ हजार जना बिद्यार्थीले फारम भरेका थिए ।तीमध्ये चार लाख ७२ हजार ७८ जनाको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको छ ।

करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको जनाइएको छ । कोरोना भाइरसका कारण गत चैत ६ गतेका लागि निर्धारित एसईई अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बार्डले नतिजा सार्वजनिक गरेको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);