विषालु च्याउँ खादाँ एकै घरका २ बालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

विषालु च्याउँ खादाँ एकै घरका २ बालकको मृत्यु

प्युठान,२ भदाै । प्युठानको नौबहिनी गाउँपालिका ६ ढाखोला निवासी १५ बर्षीय सुरेश घर्ती र १३ बर्षीय सुगम घर्तीलाई उपचारको लागि जिल्ला अस्पताल विजुवार लैजादैँ गर्दा सोमवार राति बाटो मै मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

त्यसैगरी ३३ बर्षीय बिष्णु घर्ती, उनकी ३० बर्षीय श्रीमती लिला घर्ती र १७ बर्षीय छोरा शसि घर्तीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल विजुवार प्युठानमा उपचार भइरहेको छ ।

साउन ३१ गते बेलुका उनीहरुले जंगली विषालु च्याउँ पकाएर खाएका थिए । त्यसपछि उनीहरुमा झाडापखाला लागेपछि उनीहरु सिकिस्त विरामी भएको थाहा पाएपछि प्रहरी निरीक्षक बद्रि प्रसाद ढकालको कमाण्डमा गएको प्रहरी टोलीले उपचारको लागि अस्पताल पठाएको थियो ।

साथै घटनाको बारेमा ईलाका प्रहरी कार्यालय प्रहरीका लुङ्बहाने प्युठानबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);