मास्क नलाउनेलाई कारबाही गर्न खोज्दा प्रहरी माथी हातपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मास्क नलाउनेलाई कारबाही गर्न खोज्दा प्रहरी माथी हातपात

शम्भू माली
कपिलवस्तु, २ भदौ ।
कपिलवस्तुको शुद्धोधन गाँउपालिकाको लबनी चौराहामा मास्क नलागाएर हिड्नेलाई कारवाही गर्न खोज्दा सोमबार प्रहरी माथि हातपात गरिएको छ । स्थानियलाई मास्क लगाउन आग्रह गर्दा प्रहरी चौकी लबनीमा कार्यरत ६ जना प्रहरी माथी हातपात भाएको जिल्ला प्रहरी कार्यालय कपिलस्तुका प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताउनुभयो ।

घाइते मध्ये ३ जनालाई थप उपचारको लागि भैरहवा पठाइएको नायब उपरिक्षक मल्लले बताउनुभयो । बाँकी ३ जनालाई स्थानिय मेडिकलमा उपचार भइरहेको उहाँले बताउनुभयो ।

कोरोना भाईरसको उच्च जोखिम बढे पछि गृह मन्त्रालय र स्थानीय प्रशासनको निर्देशन पछि प्रहरीले मास्क नलगाउनेलाई कारबाही गर्ने अभियान जारी राखेको हो । यही अभियानमा खटिएका प्रहरीमाथी हातपात भएको छ ।

घटना पछि लवनीमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । आरोपीको पहिचान भएको प्रहरी नायब उपरिक्षक मल्लले बताउनुभयो । आरोपीहरुको खोजीभईरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);