पथलैया-वीरगंज ६ लेन सडक निर्माण कार्य पुरा हुनु अगावै भत्कियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पथलैया-वीरगंज ६ लेन सडक निर्माण कार्य पुरा हुनु अगावै भत्कियो

श्याम गुप्ता
वीरगंज, २९ साउन । वीरगंजमा निर्माण हुँदै गरेको व्यापारिक मार्ग वीरगंज–पथलैया ६ लेन सडकको निर्माण कार्य सम्पन्न हुनु अघि नै भत्किन थालेको छ । व्यापारीक मार्ग बिस्तार योजना वीरगंज–पथलैया ६ लेन सडक निर्माणको जिम्मा पाएका निर्माण व्यवसायीले कमशल सामाग्रीको प्रयोग गरेर सडक निर्माण गरेका कारण निर्माण सम्पन्न नहुँदै भत्किन थालेको जीतपुरसिमराका स्थानीयहरु आरोप छ ।

हाल वीरगंज–पथलैया ६ लेन सडक निर्माण कार्य भै फाईनल कालो पत्रे गर्न बाँकी रहेको पथलैया, सिमरा, नितनपुर लगायतका स्थानहरुमा सडकको तल्लो तहमा खाल्डो पर्नुका साथै सडक नै दबिएको अवस्थामा पुगेको हो ।

यसरी सडकको तल्लो भाग (जग) नै बलियो नभए अब त्यसमाथि राखिने कालो पत्रेले सडकलाई कति दिन धान्ने यहाँका स्थानीयहरुको प्रश्न छ ? विगत दुई वर्षदेखि व्यापार व्यवसाय ठप्प हुनुका साथै धुलो खाँदै आएका स्थानीय युवा व्यापारी शिव पटेलले आफुहरुले गरेको दुःखको सही सदुपयोग नभएको र निर्माण व्यवसायीले कमसल समानको प्रयोग गरेर काम गर्दै आएको आरोप लगाएका छन् ।

यसरी निर्माण कार्य सम्पन्न हुनु पुर्व नै सडक भत्किनुलाई वीरगंज–पथलैया ६ लेन सडक निर्माण कार्यालय पथलैयाले भने निर्माण व्यवसायीको गल्ती नभएको जनाएको छ । सडक भत्किनुको कारण ओभर लोड भएको वीरगंज पथलैया परियोजनाका इन्जिनियर अशोक यादवको भनाई छ ।

भत्किएका स्थानहरुमा मर्मत तथा पुननिर्माणका लागि निर्माण व्यवसायीलाई भनी सकेको कार्यालयले जनाएको छ । तीन अर्व २७ करोडको लागतमा पथलैया देखि वीरगंज २७ किलोमिटरको सडक निर्माण थालिएको सडक विभागले प्रति कम्पनिलाई झण्डै ६७ करोड बजेट छुट्याएर २०७५ पुष २८ गते भित्रमा निर्माण सम्पन्न गर्नु पर्ने गरी जिम्मा दिएको थियो ।

तर, समयमा काम नसकिएपछि योजना कार्यालय पथलैयाले निर्माण व्यवसायीहरुलाई थप एक वर्ष भित्र काम सम्पन्न गर्ने गरी समय सिमा बढाएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);