पथलैया-वीरगंज व्यापारिक मार्गमा पर्ने तीन वटै पुल निमार्णको काम तिब्र | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पथलैया-वीरगंज व्यापारिक मार्गमा पर्ने तीन वटै पुल निमार्णको काम तिब्र

बारा, ८ पुस । पथलैया–वीरगंज व्यापारिक मार्गमा पर्ने तीन वटै पुल निमार्णको कामले गती लिएको छ । व्यापारिक मार्गको अवधारणा अनुसार एक अर्बको लागतमा निर्माण भइरहेका पुलको बित्तीय प्रगती ५५ प्रतिशत र भौतिक प्रगती ६० प्रतिशत सम्पन्न भएको परियोजना कार्यालयले बताएको छ ।

पथलैया–बिरगंज–ड्राईपोर्ट व्यापारिक मार्गमा पर्ने जीतपुरको लालका पुल, परवानीपुर श्रीसिया पुल र परवानीपुर–ड्राईपोर्टमा पर्ने श्रीसिया नदिको तीन वटै पुलको निर्माण कार्य तिब्र गतिमा अगाडी बढेको छ ।

श्रीसिया खोलाको लालका पुल ईलाईट कन्स्ट्रक्सन एस.बि.ए जेभीले ३२ करोड ९३ लाखमा, परवानीपुर–बिरगंज सडक खण्डमा रहेको श्रीसिया खोलाको पुल २५ करोड ६५ लाखमा र परवानीपुर–ड्राईपोर्ट मार्गमा रहेको श्रीसिया खोलाको पुल २९ करोड ४१ लाखमा लुम्बीनी सञ्जीवनी जेभीले बनाउने जिम्मा पाएको व्यापारिक मार्ग परियोजना कार्यालय पथलैया बाराले जनाएको छ ।

५० मिटर चौडाइका यी पुलहरु फरक डिजाईनमा निर्माण हुन लागेको र हालसम्म निर्माण कार्य सन्तोष जनक रहेको व्यापारिक मार्ग परियोजना कार्यालय पथलैयाका ईन्जिनियर अशोक यादवले बताए ।

यता पुल निर्माण गर्न डिजाईन समेत विभागबाट नआएकोले काम प्रभावित भएको ईलाईट कन्स्ट्रक्सन एस.बि.ए जेभीका साईट सुपरभाईजर उद्धव कोईरालाले जानकारी दिए ।

व्यापारीक मार्ग अन्तर्गत जीतपुर ललका पुलमा परवानीपुर–बिरगंज सडक खण्डबीच प्रहरी चौकी परवानीपुर चेकप्वाईन्ट भन्दा दक्षिण श्रीसिया खोलामा र अर्को परवानीपुर–ड्राईपोर्ट सडक अन्तरर्गत लिटिल फलावर स्कूल नजिक श्रीसिया खोलामा पुलहरु निर्माण हुन लागेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);