सडक निर्माणमा लापरवाही गरेकाे प्रति ३ घण्टा सडक अवरुद्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सडक निर्माणमा लापरवाही गरेकाे प्रति ३ घण्टा सडक अवरुद्ध

बारा, १४ कार्त्तिक । वीरगञ्ज-पथलैया ६ लेन सडक निर्माणमा ठेक्केदार कम्पनीले लापरवाही गरेकाे प्रति बाराकाे जीतपुरका व्यापारीहरूले शुक्रवार बिराेध स्वरूप तीन घण्टा चक्का जाम गरेका छन् ।

वीरगञ्ज–पथलैया ६ लेन व्यपारिक मार्ग निर्माणका क्रममा लापवाहि गर्ने युनाइटेड बिल्डर्सलाई कार्वाही र तत्काल काम सम्पन्न गर्नु पर्ने मागसहित जीतपुरमा चक्का जाम गरिएको हाे ।

ठेक्केदारले सडक खनेर अलपत्र पारे पछि जीतपुरका संघ संस्थाका प्रतिनिधिहरुको अगुवाईमा स्थानीय व्यापारीहरुले सडक अवरोधमा उत्रिएका हुन् । जिल्लाको जितपुरसिमरा उपमहानगरपालिकाका वडा नं.७ जीतपुरका स्थानीयले बिरगंज-पथलैया सडक खण्डको जीतपुरमा शुक्रवार विहान साढे ९ बजे देखी ३ घण्टा सडक अवरुद्ध पारेका छन् ।

निर्माण कम्पनीले जीतपुर देखी उत्तर सिमरा सम्मको ५.८ किलो मिटर सडक खनेर छाडेको छ । चौविसै घण्टा व्यस्त रहने यस सडकमा गुड्ने हजारौं सवारीका साधनहरूका कारण धुलोधुँवाले जनजिवन प्रभावित बनेको स्थानीय युवा व्यवसायी सुनिल गुप्ताले बताएका छन् ।

सडक अलपत्र हुँदा जीतपुर बजारको व्यपार व्यवसायमा समेत कमी आएको र दिनहुँ दुर्घटनाहरु बढ्दै गएकाले बाध्य भएर चक्का जाम गर्नु पर्ने अवस्था सृजना भएको युवा व्यवसायी गुप्ताले बताए । सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा समेत सडक निर्माणमा चाँसो नदेखाए पछि चक्का गर्नु पर्ने अवस्था आएको अर्का स्थानीय सीता उप्रेतीले बताईन् ।

युनाइटेड बिल्डर्स काठमाण्डौंले ०७३ असार २९ मा ७६ करोड ५० लाख १४ हजार ८ सय ९४ रुपैयाँ ठेक्का सकार गरेको थियाे । यस बिच पटक-पटक थप म्याद पाएको कम्पनीका लागि ०७७ माघ २८ गते भित्र सक्ने गरी अन्तिम पटक म्याद थपिएको आयोजनाले जनाएको छ । हाल सम्म साईड क्लिरियन्सका सम्पुर्ण काम सहिँत ५० प्रतिशत काम सम्पन्न गरेका व्यपारिक आयोजनाले जनाएको छ ।

साढे ५ अर्ब लागतमा पथलैया देखी बिरगंज सम्म ३०.५ किलो मिटरको सडक निर्माण भैरहेको छ । पथलैया-बिरगंज ६ लेन व्यपारिक सडक निर्माणको कामको समग्रमा ६५ प्रतिशत काम सम्पन्न भएको योजनाले जनाएको छ । यस सडक खण्डमा ठेक्का सकार गर्ने १० कम्पनी मध्ये युनाइटेड बिल्डर्स र पप्पु कन्टक्सनले काममा ढिलाई गरेको अवस्था छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);