विराटनगर स्थित निर्माणाधीन बैजनाथपुर क्षेत्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

विराटनगर स्थित निर्माणाधीन बैजनाथपुर क्षेत्रिय क्रिकेट रंगशाला निर्माणमा अनियमितता

विराटनगर, २९ साउन । विराटनगरको निर्माणाधीन बैजनाथपुर क्षेत्रिय रंगशाला निर्माणमा अनियमितता भएको पाइएको छ । रंगशालाको क्रिकेट मैदानमा पिच निर्माण गरिसकेको भनी उपभोक्ता समितिले बिल भर्पाइ पेश गरी २६ लाख ५७ हजार भुक्तानी रकम लिईसकेको पाईएको छ ।

१६ विगाहा क्रिकेट खेल मैदान मध्ये ५ विगहा क्रिकेट मैदानका लागि छुट्याइएको छ । तर क्रिकेट मैदान पिच भने कतै भएको छैन । मैदानमा पिच त होइन पिचका लागि राखिएको सोइलिङ उप्काउँदा पनि पानी निस्कने बनाइएको छ ।

तर निर्माण कार्य सम्पन्न नगरी रकम लगेको आफुलाई कुनै जानकारी नभएको विराटनगर महानगरपालिका–१९ का वडा अध्यक्ष बद्री नारायण सरदारको भनाई छ ।

सामाजिक विकास मन्त्रालयले बैजनाथपुर क्षेत्रीय रंगशालामा अन्तराष्ट्रियस्तरको क्रिकेट पिच निर्माण गर्न ८५ लाखको बजेट निकासा गरेको थियो । जसमध्ये पिच रोलर, म्याट, ग्रासकटर, लगायत अन्य उपकरणका लागि ४२ लाख र पिच निर्माणका लागि ४३ लाख बजेट बिनियोजन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);