व्यापारीक मार्गको सडक आयोजना पुनःशुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

व्यापारीक मार्गको सडक आयोजना पुनःशुरु

byaparik marg bara

श्याम गुप्ता

बारा, २ जेठ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाराको वीरगंज पथलैया व्यापारीक मार्गको काम लकडाउनको समयमा पनि पुनः शुरु गरिएको छ । स्थानीय तहको समन्वयमा व्यापारीक मार्ग आयोजनना कार्यालय पथलैयाले काम अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएको हो ।

देश लकडाउनमा भएको समयमा स्थागित वीरगंज पथलैया व्यापारीक मार्गको निर्माण कार्यले पुनः निरन्तरता पाएको छ । स्थानीय तहको पहलमा लकडाउन भित्र जिल्ला कै मुख्य बजार जीतपुर बजारलाई लक्षित गरी काम अगाडि बढाइने भएको हो । स्थानीत तह र आयोजना कार्यालयबीच भएको सहमतिपछि काम सुचारु हुने भएको हो । आयोजना कार्यालय पथलैयाले काम अगाडि बढाउन निर्माण कम्पनीलाई निर्देशन दिएको हो । निर्देशनपछि आयोजनाको काम सुचारु भएको कम्पनीले बताएको छ ।

७८ करोडमा ५ दशमलव ४ किलो मिटरको सडक निर्माणको सम्झौता भएको हो । सम्झौता अनुसार निर्माण कम्पनीले निर्माणको काम अघि नबढ्दा कार्य प्रगति ४२ प्रतिशत मात्र भएको छ । यसैबीच कोरोनाको समस्याले आयोजनाहरु थप समस्यामा परेका छन् । तर, पछिल्लो समय सरकारले भौतिक दुरी कायम गरी आयोजना सूचारु गर्न भनेको छ । संघीय सरकारको निर्देशनपछि आयोजनाको काम शुरु भएको हो । आयोजना यही असार मसान्त सम्मको समय सीमा रहेकोले सडक पुल सबै काम शुरु भएको आयोजनाले बताएको छ ।

हालसम्म ४२ प्रतिशत मात्रै कार्य प्रगति भएको वीरगंज पथलैया सडक आयोजना कोरोनाको बाहानामा रोकिएको थियो । तर, लकडाउको बीचमा पनि आयोजना संचालन गर्न सरकारले भनेपछि स्थानीय तह र आयोनाबीच सहमति भएको हो ।

ताजा समाचार