बाढीपहिरो र डुबानमा मृत्यु हुनेको संख्या ६६ पुग्यो, ५३ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

साउन ३०, काठमाडौँ ।

अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ जना घाइते र ५३ जना बेपत्ता भएका छन् । रौटहटमा नौ, सुनसरीमा आठ, मोरङमा छ तथा सिन्धुली र झापामा चार÷चार जनाको मृत्यु भएको छ । यस्तै दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीन÷तीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुई÷दुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एक÷एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यस्तै झापामा १४, रौटहटमा आठ, मोरङमा सात र सुनसरीमा छ जना बेपत्ता भएका छन् । मकवानपुर र पाँचथरमा तीन÷तीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एक÷एक जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । विपद्का कारण हालसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज, उद्दार र राहत वितरणका लागि गृह मन्त्रालय र प्रभावित जिल्लामा कमाण्ड पोस्ट स्थापना गरिए पनि बाढी प्रभावितको उघार प्रभावकारी देखिएको छैन ।

 

सरकारले राहत वितरणका लागि प्रभावित २१ जिल्लामा एक करोड ९८ लाख रुपैयाँ निकासा गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);