बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ४३ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

२९ साउन, काठमाण्डौँ । शुक्रबारदेखि परेको अविरल वर्षाका कारण मुत्यु हुनेको संख्या ४३ पुगेको छ ।

देशका विभिन्न स्थानमा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या अहिलेसम्म ४३ पुगेको गृह मन्त्रालयले जनाएको छ । सुनसरीमा ९, मोरङमा ५, सिन्धुली र झापामा ४/४, सर्लाही, पाँचथर, सुर्खेत र बाँकेमा ३/३, बारा, बर्दिया र दाङमा २/२, पाल्पा, धनुषा र मकवानपुरमा एकरएक जनाको ज्यान गएको हो।मन्त्रालयका अनुसार बाढीपहिरोले बेपत्ता र विस्थापित हुनेको संख्या पनि उल्लेख्य छ।

बाढीले झापा, मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी, बाँके, दाङ लगायतका जिल्लाका हजारौं घर डुबानमा परेका छन् । बाढीप्रभावित क्षेत्रमा स्थानीयको बिजोग छ । उनीहरु उद्दारको पर्खाइमा रहेका छन् । पूर्व–पश्चिम राजमार्ग ठाउँठाउँमा भत्कँदा सवारी आवागमन ठप्प भएको छ । वर्षाका कारण उडान समेत अवरुद्ध हुन पुगेको छ ।

 

यसैबीच गृहमन्त्री जनार्दन शर्माले देशै भरी बाढी पहिरोका कारणले मृत्यु हुनेहरु प्रति समवेदना व्यक्त गर्दै उद्धार कार्य तिव्र पार्न निर्देशन दिनु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);