आज श्रीकृष्ण जन्माष्टमी, भगवान् श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

साउन ३०, काठमाडौँ ।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।

 

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।

 

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप पर्व मनाउने गरिएको हो । पर्वका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनहरुको घुईंचो लागेको छ । खासगरी ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिरमा पुजाआजाका लागि विहानैदेखि भक्तजनहरु लाइन बसेका छन् ।

 

आजको दिन विशेषगरी महिलाहरुले व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाइ रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । आज साउन महिनाको अन्तिम सोमबार भएकाले देशभरका शिव मन्दिरमा पनि पूजाआजाका लागि भक्तजनहरुको भीड लागेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);