आज श्रीकृष्ण जन्माष्टमी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं । आज भाद्र कृष्ण अष्टमी । विश्वभरका हिन्दु धर्मावलम्बीले आजको दिनलाई श्री कृष्ण जन्माष्टामीको रुपमा विषेश पुजा आराधना गरि पर्वको रुपमा मनाउँदछन् ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

गोविन्द, कन्हैया, मुरलीमनोहर, श्यामसुन्दर, मखनचोर आदि थुप्रै नामबाट भगवान श्रीकृष्णलाई पुकारिन्छन् । यिनै कृष्णलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रूपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

श्रीमद् भागवत् गीतामा कृष्णले अर्जुनलाई भनेका छन् :
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
अर्थात् :

“जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हाबी हुँदै जान्छ,
तब तब धर्म रक्षाका लागि म स्वयं यस धर्तीमा नयाँ अवतार लिएर आउनेछु ।’

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ ।

कृष्ण जन्माष्टमीको दिन झाँकीसहित शोभायात्रा निकाल्ने श्रीकृष्णको विभिन्न रूप दर्शाएको सचित्र झुला झुलाउने चलन छ । ललीतपुर स्थित पाटन कृष्ण मन्दिर, बेनपाको कृष्ण मन्दिर लगाएत देश भरका कृष्ण मन्दिरमा विषेश मेला लाग्दछ् । यद्यपी कोरोनाका कारण मेला प्रभावित हुने देखिन्छ ।

यस दिन विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने र श्रीकृष्णको आराधना गर्ने प्रचलन छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);