बाढीपहिरो र डुबानमा परि मृत्यु हुनेको संख्या ९१ पुग्यो,३८ जना बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

साउन ३१, काठमाडौँ ।
अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २५ जना घाइते र ३८ जना बेपत्ता भएका छन् । बाढीपहिरोका कारण दुई हजार आठ सय ४७ घरमा पूर्णक्षति पुगेको छ । गृह मन्त्रालयले तीन हजार सात सय २७ पूर्वाधार संरचनामा क्षति पुगेको जनाएको छ । बाढीपहिरो प्रभावितहरुको उद्दार तथा राहतमा २६ हजार ७ सयभन्दा बढी जनशक्ति परिचालन भएका छन् ।

 

बाढी प्रभावितको उद्दार र राहतमा नेपाली सेनाका सात तथा निजी क्षेत्रका ६ वटा हेलिकोप्टर प्रयोग गरिएका छन् । मन्त्रालयले झापामा सात सय परिवारका लागि आठ सय ५१ त्रिपाल, चार सय ७५ थान कम्बल, दुई सय ६१ सेट भाँडाकुँडा र केही ड्राइफुड वितरण गरिएको जनाएको छ । सुनसरीका बाढी प्रभावितलाई ६४ क्वीन्टल चामल, एक सय २० क्वीन्टल चिउरा, ६७ क्वीन्टल भूजा, नौ सय १० किलो नुन, २१ हजार चार सय ५० प्याकेट चाउचाउ, ५० लिटर खानेतेल, ५० कार्टुन बिस्कुट, छ सय ४० पोका दालमोठ र तीन क्वीन्टल दाल वितरण गरिएको मन्त्रालयले जनाएको छ

 

। बाढीप्रभावित सप्तरी, सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलाली जिल्लामा पनि राहत सामग्री वितरण गरिएको मन्त्रालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);