नेपालपछि भारतको बिहारमा बाढीको बितण्डाः ६० को मृत्यु, ६५ लाख भन्दाबढि प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८३, बिहीबार

पटना, ३२ साउन । केहीदिन देखि नेपालमा बितण्डा मच्चाईरहेको बाढीका कारण अहिलेसम्म १ सय २३ जनाको मृत्यु भएको छ। नेपालको तराई क्षेत्रसँग जोडिएर रहेको भारतको बिहारमा पनि यतिबेला यहि स्थिती देखिएको छ।

 

नेपालको सीमावर्ती राज्य भारतको बिहारमा भारतको बिहारमा बाढीका कारण सबैभन्दा बढी क्षति पुगेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार उत्तर प्रदेश र बिहारमा बाढीका कारण मृत्यु हुनेको संख्या ६० पुगेको छ । नेपाल–भारत सीमा क्षेत्रका नदीमा आएको बाढीमा बगेर ५० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

 

भारतीय मिडिया लेख्छन् बाढीका कारण करिब ६५ लाख मानिसहरु प्रभावित भएका छन् भने बिहारका १३ जिल्लाका १०७० गाउँ पञ्चायलतहरु डुबानमा परेका छन्।