उत्तर कोरियाबिरुद्ध अमेरिका र दक्षिण कोरियाबीच सैन्य अभ्यास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, ३२ साउन । उत्तर कोरियाका राष्ट्रप्रमुख किम जोङ-उनले अमेरिकाको गुआममा आक्रमण गर्ने धम्की दिईरहेका बेला अमेरिका र दक्षिण कोरियाले १० दिन लामो सँयुक्त सैन्य अभ्यास गर्ने भएका छन्।

 

अमेरिका र दक्षिण कोरियाले सोमबारदेखि १० दिनसम्म सैनिक अभ्यास गर्ने भएका हुन्। दक्षिण कोरिया र अमेरिकाको यस्तो गतिबिधिबाट उत्तर कोरियाले ‘आणविक युद्ध’ नै हुनसक्ने चेतावनी दिएको छ।

 

यता वाशिङटन र सउलले अभ्यासका लागि दशौं हजार सैनिकहरू तैनाथ गर्ने भएका छन्। उनीहरू चाहिँ यो प्रतिरक्षात्मक अभ्यास भएको र उत्तर कोरियाको आक्रामकतालाई जवाफ खोजिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। एजेन्सी

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);