रुसमा एक लाखभन्दा बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

रुसमा एक लाखभन्दा बढी नागरिकले लगाए कोरोनाविरुद्धको खोप

एजेन्सी, १९ मंसिर । रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । गत अगष्ट महिनामा नै तयार गरेको कोरोना विरुद्धको खोप स्पुतनिक–भी एक लाख बढी नागरिकले लगाएका हुन् ।

गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याइसकेको र खोप प्रभावकारी रहेको भन्दै त्यसलाई प्रयोगमा ल्याएको बताएको छ । यसरी रुस कोरोना विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको छ ।

रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले आफ्नो देशका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताउनुभएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले उल्लेख गरेका छन् ।

गत महिना मात्र खोपको प्रभावकारीताको बारेमा अनुसन्धान गरिएको र सो अनुसन्धानबाट करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);