इरान विमान दुर्घटनामा सवार सबै यात्रुको मृत्यु (अपडेट) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

इरान विमान दुर्घटनामा सवार सबै यात्रुको मृत्यु (अपडेट)

ukrainian plane crash

एजेन्सी, २३ पुस । युक्रेनी बोइङ–७३७ विमान इरानमा दुर्घटना हुँदा १७६ जना यात्रुको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार चालक दलका सदस्यसहित विमानमा सवार १७६ जना यात्रुको मृत्यु भएको हो ।

बुधबार बिहान तेहरानबाट युक्रेन उडेको इंटरनेशनल एयरलाइन फ्लाइटको बोइङ ७३७ विमान इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परेको विमानस्थल नजिकैको क्षेत्रमा उद्धार टोलीहरू परिचालन गरिएको थियो ।

इरानले इरामा रहेका अमेरिकी सेनाको दुई आधार शिविरमा मिसाइल आक्रमण गरेको केहि घण्टापछि विमान दुर्घटना भएको हो । यो घटना इरान–अमेरिका विवादसँग सम्बन्धित भए वा नभएको भन्ने अझै स्पष्ट भने भइसकेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);