जो बाइडेनद्वारा वित्त मन्त्रालयको जिम्मा ज्यानेट येलेनलाई दिने घोषणा | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८३, शनिबार

जो बाइडेनद्वारा वित्त मन्त्रालयको जिम्मा ज्यानेट येलेनलाई दिने घोषणा

एजेन्सी,१६ मंसिर।अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो प्रशासनमा ज्यानेट येलेनलाई वित्त मन्त्रालयको जिम्मा सुम्पिने घोषणा गर्नुभएको छ ।

बाइडेनले फेडरल रिजर्भकी पूर्व अध्यक्ष येलेनलाई आफ्नो वित्त मन्त्रीका रुपमा नियुक्त गर्ने प्रस्ताव गर्नुभएको हो । माथिल्लो सदन सिनेटले प्रमाणिकरण गरेमा येलेन वित्त मन्त्रीको जिम्मेवारी पाउने पहिलो महिला हुनुहुनेछ ।

बाइडेनले येलेनसहित आफ्नो शीर्ष वित्त टिमका लागि अरु महिलाहरु पनि चयन गरेको बताउँदै आफ्नो टिम प्रमाणिकरण भएमा रंगभेदको अवरोध तोड्ने उल्लेख गर्नुभयो ।

बाइडेनले लगातार विविधतायुक्त प्रशासनको विकास गर्ने बताउँदै आउनुभएको छ ।

वित्त टिमले अमेरिकालाई हालको खराब आर्थिक अवस्थाबाट माथि उकालेर पुनः अर्थतन्त्र राम्रो बनाउने बाइडेनको संक्रमणकालीन टिमले जनाएको छ । बाइडेनले आउँदो जनवरी २० मा अमेरिकाको ४६ औँ राष्ट्रपतिका रुपमा शपथ लिँदै हुनुहुन्छ ।

Leave a Reply