ट्रम्प प्रशासनका कारण सुरक्षा एजेन्सी कमजोर भएको बाइडेनको आरोप | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

ट्रम्प प्रशासनका कारण सुरक्षा एजेन्सी कमजोर भएको बाइडेनको आरोप

एजेन्सी , १४ पुष । अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले ट्रम्प प्रशासनका कारण अमेरिकी सुरक्षा एजेन्सीहरु कमजोर भएको आरोप लगाउनु भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबाट आवश्यक जानकारी प्राप्त नगरेको भन्दै बाइडेनले उक्त आरोप लगाउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

रक्षा मन्त्रालय लगायतबाट आवश्यक जानकारी नपाएको कारण आफ्नो अन्तरिम टिमलाई काम गर्न कठिन भएको बाइडेनको भनाइ छ । गएको नोभेम्बर ३ मा भएको चुनावमा ट्रम्पलाई पराजित गरि राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले आउँदो जनवरी २०देखि पदभार सम्हाल्नु हुनेछ ।

राष्ट्रिय सुरक्षा तथा परराष्ट्र नीतिका सल्लाहकारहरुको ब्रिफिङपछि बाइडेन ट्रम्पमाथि आक्रामक देखिनु भएको हो ।

बाइडेनको प्रतिक्रियापछि अमेरिकाका कार्यबाहक रक्षा मन्त्री क्रिष्टोफर मिलरले बाइडेनको अन्तरिम टिमलाई सहयोग गर्नका लागि सक्दो व्यवसायिक रुपमा काम गरिरहेको दावी गर्नुभयो ।

सल्लाहकारसँगको भर्च्युअल सम्मेलनमा बाइडेनले आफ्नो टिमले रक्षा मन्त्रालय तथा अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटबाट अवरोधको सामना गरिरहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);