भारतको महत्वकांक्षी चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

भारतको महत्वकांक्षी चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल

chandrayan-2

एजेन्सी, २१ भदौ । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुई देखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नु पर्ने थियो । तर चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को नियन्त्रण कक्षसँग अवतरणको केही समय पूर्व टुटेको हो ।

इसरोका अध्यक्ष के सिवनले भनेका छन् विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २.१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो । तर त्यसपछि सम्पर्क टुट्यो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए । प्रधानमन्त्री मोदी फर्किन लाग्दा इसरोका पूर्व अध्यक्ष के कस्तुरीरंगन र के राधाकृष्णनले उनको काँधमा हात राखेर सान्त्वना दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);