चन्द्रयान–३ को सफलतापछि भारतले पायो विश्वभरको बधाई | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

चन्द्रयान–३ को सफलतापछि भारतले पायो विश्वभरको बधाई

एजेन्सी,७ भदौ । भारतको चन्द्रयान–३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरेको छ । योसँगै भारत यस्तो गर्ने विश्वको पहिलो देश बनेको छ । चन्द्रयान–३ को अवतरणमा बधाई दिँदै नासाले चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बनेकोमा भारतलाई बधाई दिएको बताएको छ । यस मिशनमा भारतसँग साझेदारी गर्न पाउँदा धेरै खुसी भएको नासाको भनाइ छ । वास्तवमा, नासाले क्ष्क्च्इ लाई दूरी मापन र ट्र्याकिङ उपकरणहरू उपलब्ध गराएको छ।

यसबाहेक विश्वभरका विभिन्न नेताहरूले पनि चन्द्रमाको सफलताको लागि भारतलाई बधाई दिइरहेका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन् । उहाँले विज्ञान र प्रविधिको क्षेत्रमा यो भारतको ठूलो उपलब्धि भएको बताउनुभयो ।

बेलायतको अन्तरिक्ष एजेन्सी यूकेएसएले भारतलाई भनेको छ,‘तिमीले इतिहास रचेका छौ । विज्ञानको क्षेत्रमा यति ठूलो सफलता हासिल गरेकोमा भारतलाई बधाई छ।’ इजरायलका राजदूत नाओर गिलनले इसरो र भारतलाई हार्दिक बधाई दिएका छन्। उनले लेखेका छन्,‘चन्द्रयान–३ को यो उपलब्धि पनि अतुलनीय छ किनभने अहिलेसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा अरु कुनै देश पुग्न सकेको छैन । तपाईको यो सफलताले हामी सबैलाई चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्न प्रेरित गर्नेछ ।’

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले भारतलाई चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेकोमा बधाई दिएकी छन् । ‘यो मिसनमा संलग्न सबै वैज्ञानिक र इन्जिनियरहरूको लागि यो अविश्वसनीय उपलब्धि हो। हामी यस मिशनमा तपाईसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं।’–उनले लेखेकी छिन् ।

नेपालका परराष्ट्रमन्त्री एनपी साउदले चन्द्रयान–३ को सफल सफ्ट ल्यान्डिङका लागि भारतलाई हार्दिक बधाई दिएका छन् । ‘यो हाम्रा भारतीय मित्रहरूका लागि राष्ट्रिय गौरवको क्षण मात्र होइन, अन्तरिक्ष विज्ञान र प्रविधिको विकासमा पनि कोसेढुङ्गा हो। जसले हाम्रो जीवनमा सुधार ल्याउन मद्दत गर्नेछ।’–उनले लेखेका छन् । माल्दिभ्स, अष्ट्रेलियालगायतका देशहरुले भारतलाई बधाई दिएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);