भारतमा दुई हप्ताको अन्तरमा दुई पत्राकारको हत्या | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

एजेन्सी, ५ असोज । भारतमा दुई हप्ताको अन्तरालमा फेरी एकजना पत्रकारको हत्या भएको छ । राजनीति विषयमा समाचार लेख्ने सानतानु भौमिकको बुधबार हत्या भएको बीबीसीले जनाएको छ ।

उनलाई बिभत्सरुपमा कुटेर हत्या गरिएको अधिकारीले जानकारी दिएका छन् । करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एक महिला पत्रकारको पनि गोली हानी हत्या गरिएको थियो।

उनले भारतीय एक दुर्गम राज्य त्रिपुराको प्रान्तीय राजधानी आगार्तालाको बाहिरी इलाकामा दुई राजनीतिक पार्टीका परस्पर विरोधीबीच जारी रहेको द्वन्द्वको बुधबार समाचार सङ्कलन गरेका थिए ।

सोही क्रममा बिरोधीहरुले उनको निर्मम हत्या गरेका थिए। समाचार सङ्कलनको क्रममा गएका उनलाई उक्त विरोध कार्यक्रममा सहभागी कार्यकर्ताले कुटेर मारेका थिए ।
सो घटनामा एक दर्जन भन्दा बढि प्रहरी पनि घाइते भएको बीबीसीले जनाएको छ ।
हालसम्म पत्रकार हत्याको विषयलाई लिएर कोही पनि व्यक्ति पक्राउ परेका छैनन् । तर जारी द्वन्द्वको क्रममा भने चारजनालाई पक्राउ गरिएको छ ।

ताजा समाचार