कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघ्याे, ३४ सय ३६ को मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कोरोना भाइरस संक्रमितको संख्या १ लाख नाघ्याे, ३४ सय ३६ को मृत्यु

corona outbreak

एजेन्सी, २४ फागुन । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या १ लाख नाघेको छ । विश्वका ९० भन्दा बढी मुलुकका १ लाख भन्दाबढीमा कोरोना भाइरस संक्रमण पुष्टी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेरुको संख्या ३ हजार ४ सय ३६ पुगेको छ भने १ लाख १ हजार ७ सय १० जनामा संक्रमण देखिएको छ । चीनको जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसबाट चीनमा ३ हजार ४२ जनाको मृत्यु भएको छ भने चीनबाहिर विभिन्न मुलुकमा ३ सय ९४ जनाको ज्यान गएको छ, जसमध्ये इटालीमा १ सय ९७ र इरानमा १ सय ४३ , दक्षिण कोरियामा ४३ र अमेरिकामा १२ जनाको मृत्यु भइसकेको छ ।

अमेरिकामा भाइरस संक्रमण रोक्ने प्रयासका लागि संसदको दुवै सदनले पास गरेको ८ दशमलव ३ अर्ब डलर बराबरको आकस्मिक विधेयकमा राष्ट्रपति डोनल्ड ट्रम्पले हस्ताक्षर गरेका छन् ।

भ्याटिकन, साइबेरिया, पेरु र टोगोमा कोरोना भाइरसका पहिलो संक्रमित भेटिएका छन । यस्तै फ्रान्समा पनि नयाँ संक्रमितहरु थपिएपछि प्रभावित क्षेत्रका विद्यालय बन्द गरिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);