कोरोनाबाट अमेरिकामा एकैदिन २ हजारभन्दा बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोनाबाट अमेरिकामा एकैदिन २ हजारभन्दा बढीको मृत्यु

40 americans coronavirus

एजेन्सी, २९ चैत । कोरोनाभाइरस संक्रमणबाट एकैदिन २ हजार जनाभन्दा बढीको मृत्यु हुने अमेरिका पहिलो देश बनेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार गएको २४ घण्टामा अमेरिकामा २ हजार १ सय ८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या पाँच लाख नाघेको छ ।

तर, ह्वाइट हाउसस्थित कोरोना कार्यदलका विज्ञहरूले भने अमेरिकामा संक्रमण दर स्थिर हुन थालेको बताएका छन् । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट १८ हजार ६ सय ९३ जनाको मृत्यु र ५ लाख भन्दाबढीमा संक्रमण पुष्टि भएको छ। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १७ लाख पुगेको छ भने १ लाख भन्दाबढीको मृत्यु भइसकेको छ ।

अहिलेसम्म इटलीमा १८, हजार ८ सय ४९, स्पेनमा १६ हजार ८१, फ्रान्समा १३ हजार १ सय ९७ र बेलायतमा ८ हजार ९ सय ९१ जनाको मृत्यु भएको छ । कोरोनाम संक्रमित ३ लाख ७२ हजार भन्दाबढी उपचार पछि निको भइसकेको छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);