कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ५४ हजार भन्दाबढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ५४ हजार भन्दाबढीको मृत्यु

corona

एजेन्सी, २१ चैत । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख नाघेको छ । विश्वभर कोरोना भाइरस संक्रमतिको संख्या १० लाख ३० हजार ५ सय ७० पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

अमेरिकामा २ लाख ४५ हजार, स्पेनमा १ लाख १७ हजार तथा इटालीमा १ लाख १५ हजार भन्दाबढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी जर्मनीमा ८५ हजार, चीनमा ८१ हजार भन्दाबढी कोरोनाभाइरसको संक्रमित भटिएकाछन् । कोरोनाका कारण मृत्यु हुनेको संख्याभने ५४ हजार २ सय २६ पुगेको छ ।

इटालीमा १३ हजार ९ सय १५, स्पेनमा १० हजार ९ सय ३५, अमेरिकामा ६ हजार जनाको मृत्यु भइसकेको छ । फ्रान्समा ५ हजार ३ सय ८७ र चीनमा ३ हजार ३ सय २२ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५५ जनाको ज्याान गएको छ । गत डिसेम्बरमा चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणबाट एउटा मुलुकमा एकैदिन मृत्यु हसनेको यो सबै भन्दा उच्च संख्या हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);