विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९७ हजार नाघ्यो

corona

एजेन्सी, १३ वैशाख । विश्वभर कोरोना संक्रमितको संख्या २८ लाख २७ हजार भन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वमा १ लाख ९७ हजार भन्दा धेरैकोे ज्यान गएको छ भने ७ लाख ९८ हजारभन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी ९ लाख २४ हजार बढी संक्रमित भएको अमेरिकामा ५२ हजार भन्दाबढीको मृत्यु भइसकेको छ । यसैगरी स्पेनमा २२ हजार ५ सय २४, इटालीमा २५ हजार ९ सय ६९, फ्रान्समा २२ हजार २ सय ४५, बेलायतमा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ ।

यसैगरी कोरोनाका कारण बेल्जीयममा ६ हजार ६ सय ७९, इरानमा ५ हजार ५ सय ७४, चीनमा ४ हजार ६ सय ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जर्मनीमा १ लाख ५४ हजार ९ सय ९९ संक्रमित भएपनि मृत्यु हुनेको संख्या ५ हजार ७ सय ६० रहेको छ ।

छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ७ सय ८० जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २४ हजार ४ सय ४७ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);