बेलायतमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बेलायतमा कोरोना भाइरसविरुद्धको खोप परीक्षण सुरु

corona vaccine test

एजेन्सी, १२ वैशाख । बेलायतमा कोरोना भाइरस विरुद्धको खोप मानिसमा परीक्षण सुरु भएको छ । बेलायतस्थित विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले बिहीबारदेखि कोरोना भाइरस विरुद्धको नयाँ खोप परीक्षण सुरु गरेको हो ।

युरोपकै पहिलो परीक्षण अन्तर्गत पहिलो दिन दुई स्वस्थ स्वयंसेवकले खोप लिएका छन् । अक्सफोर्ड विश्वविद्यालयको जेनर इन्स्टिच्युटले आउँदो मे मध्यसम्ममा ५ सय जनासम्म स्वयंसेवीहरुमा उक्त खोप परीक्षण गर्ने योजना बनाएको छ ।  मानव परीक्षणको प्रारम्भिक नतिजा सेप्टेम्बर महिनासम्ममा प्राप्त हुने अनुसन्धानकर्ताहरुले आशा गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

खोप परीक्षणमा भाग लिन १८ देखि ५५ वर्षका इच्छुक स्वयंसेवकका लागि आव्हान गरिएको छ। परीक्षणमा सहभागी हुनेले जनही १ सय ९० देखि ६ सय २५ पाउण्डसम्म पाउनेछन् । तर, अनुसन्धानकर्ताहरुले एकहजार एकसय १२ जना स्वयंसेवकको आवेदन मागेका छन् जसमा ५ सय ५१ जनालाई भने कन्ट्रोल भ्याक्सिन दिइनेछ ।

खोप विकासका लागि बेलायत सरकारले अक्सफोर्ड र इम्पेरियल कलेज लन्डनको टिमलाई २०–२० गरी कुल ४० मिलियन पाउण्ड उपलब्ध गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);