विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १८ हजार भन्दा बढी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १८ हजार भन्दा बढी

corona

एजेन्सी, १२ वैशाख । विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख १८ हजार भन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वमा १ लाख ९० हजार भन्दा धेरैकोे ज्यान गएको छ भने ७ लाख ४५ हजारभन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी ८ लाख ४० हजार बढी संक्रमित भएको अमेरिकामा ४९ हजार ८ सय ४५ जनाको मृत्यु भइसकेको छ । यसैगरी स्पेनमा २२ हजार १ सय ५७, इटालीमा २५ हजार ५ सय ४९, फ्रान्समा २१ हजार ८ सय ५६, बेलायतमा १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

यसैगरी कोरोनाका कारण बेल्जीयममा ६ हजार ४ सय ९०, इरानमा ५ हजार ४ सय ८१, चीनमा ४ हजार ६ सय ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जर्मनीमा १ लाख ५३ हजार १ सय २९ संक्रमित भएपनि मृत्यु हुनेको संख्या ५ हजार ५ सय ७५ रहेको छ ।

छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ७ सय २१ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २३ हजार ३९ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);