विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख २० हजार नाघ्यो, २ लाख ३ हजार बढीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

विश्वभर कोरोना संक्रमितको संख्या २९ लाख २० हजार नाघ्यो, २ लाख ३ हजार बढीको मृत्यु

drop in coronavirus

काठमाडौँ, १४ बैशाख । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २९ लाख २० हजार भन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वमा २ लाख ३ हजार भन्दा धेरैकोे ज्यान गएको छ भने ८ लाख ३६ भन्दाबढी उपचारपछि निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी ९ लाख ६० हजारभन्दा धेरै संक्रमित भएको अमेरिकामा ५४ हजार भन्दाबढीको मृत्यु भइसकेको छ । यसैगरी स्पेनमा २२ हजार ९ सय २, इटालीमा २६ हजार ३ सय ८४, फ्रान्समा २२ हजार ६ सय १४, बेलायतमा २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ । यसैगरी कोरोनाका कारण बेल्जीयममा ६ हजार ९ सय १७, इरानमा ५ हजार ६ सय ५०, चीनमा ४ हजार ६ सय ३२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जर्मनीमा १ लाख ५६ हजार ५ सय १३ संक्रमित भएपनि मृत्यु हुनेको संख्या ५ हजार ८ सय ७७ रहेको छ ।

छिमेकी देश भारतमा पनि कोरोना संक्रमणको दर तीब्र रुपमा बढेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा ८ सय २५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या २६ हजार २ सय ८३ पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);