ट्रम्पद्वारा ह्वाइट हाउसमा हुने पत्रकार सम्मेलन बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

ट्रम्पद्वारा ह्वाइट हाउसमा हुने पत्रकार सम्मेलन बन्द

trump tv address

एजेन्सी, १४ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा गर्दै आएको कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन बन्द गर्नुभएको छ । अर्थहीन र समयको बर्बादी मात्र भएको भन्दै ट्रम्पले पत्रकार सम्मेलन बन्द गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

आफै उपस्थित भएर नियमित गर्दै आएको पत्रकार सम्मेलन एकाएक बन्द गरेका ट्रम्पले त्यसको दोष पनि पत्रकार र सञ्चारमाध्यममाथि नै लगाउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले पक्षपाती मिडियालो आफूलाई द्वेषपूर्ण प्रश्न मात्रै गर्ने भएकाले त्यस्तो पत्रकार सम्मेलनको अर्थ नरहेको उल्लेख गर्नु भएको छ ।

पत्रकार सम्मेलनमै पत्रकारसँग विवाद गर्ने, मन नपरेको सञ्चार माध्यम विरुद्ध नराम्रो व्यवहार गर्ने ट्रम्पको शैलीको निकै आलोचिना हुने गरेको थियो । आफूले सोचेजस्तो नभएको र उल्टै चुनावी अभियानलाई धक्का पर्नसक्ने भएपछि पत्रकार सम्मेलन रोक्ने निर्णय गरिएको टिप्पणीहरुपनि सार्वजनिक भएका छन् ।

ट्रम्पले केही दिनअघि पत्रकार सम्मेलनमा कोरोना भाइरसको उपचार तथा संक्रमण हुन नदिनका लागि गलत स्वास्थ्य सल्लाह दिएकोमा त्यसको तीब्र आलोचना भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);