ट्रम्पद्वारा निर्वाचनमा पराजित भए सत्ता हस्तान्तरण गर्न अस्वीकार | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८०, आइतबार

ट्रम्पद्वारा निर्वाचनमा पराजित भए सत्ता हस्तान्तरण गर्न अस्वीकार

Donald Trump

एजेन्सी, ८ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आँउदो नोभेम्बरमा हुने निर्वाचनमा पराजित भएमा शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्नु भएको छ ।

ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा एक पत्रकारको जिज्ञासामा ट्रम्पले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि प्रतिबद्धता जनाउन नसकिने प्रतिक्रिया दिनु भएको हो ।

ट्रम्पले विषेशगरी हुलाकबाट हुने मतदानप्रति आशंका व्यक्त गर्दै आउनु भएको छ । यसरी मतदान गर्दा धाँधली हुने उहाँको तर्क रहँदै आएको छ । कोरोना भाइरसबाट मतदातालाई सुरक्षित राख्नका लागि धेरैजसो राज्यमा हुलाकबाट मतदान गराउने व्यवस्था गरिँदैछ ।

चारवर्ष अघि सन् २०१६ को निर्वाचनमा पनि उहाँले पराजय स्वीकार्ने कुरा ठाडै अस्वीकार गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);