वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने ट्रम्पको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने ट्रम्पको दाबी

एजेन्सी, २१ कार्तिक । अमेरिकी राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार एवं वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्पले वैध भोटको गणना गरिए आफैले चुनाव जित्ने दाबी फेरि दोहो¥याउनु भएको छ ।

ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले यदि वैध भोटको गणना गरिए आफूले चुनाव दावी फेरि दोहो¥याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । आफ्नै प्रशासनले गराएको निर्वाचनप्रति अविश्वास गर्दै उहाँले धोखाधडीपूर्ण रुपमा आफूलाई राष्ट्रपति निर्वाचित हुनबाट रोक्ने खेल भएको आरोप लगाउनुभयो ।

प्रक्रिया अदालतसम्म पुगेको भन्दै हुलाकबाट मत दिन पाउने व्यवस्था अनुचित थियो र यो विनाशकारी हुने आफूले पहिलेदेखि भन्दै आएको उहाँले जिकीर गर्नुभयो । चुनावमा पराजित हुने देखेपछि ट्रम्पको चुनावी अभियानकर्ताहरु मुद्दा बोकेर अदालत पुगेका छन् ।

नेभेदा, पेन्सिलभानिया, जर्जिया, मिचिगनलगायतका राज्यमा भइरहेको मतगणना रोक्न माग गर्दै उनीहरु अदालत पुगेका हुन् । विषय अदालतसम्म पुगेकाले अब अदालतका न्यायाधीशले नै गर्ने निर्णय गर्ने ट्रम्पको भनाइ छ ।

अहिलेसम्म जो बाइडनको २ सय ६४ र ट्रम्पको २ सय १४ इलेक्टोर मत रहेको जनाइएको छ । अमेरिकी निर्वाचन प्रणालीअनुसार राष्ट्रपति पदमा चुनिनका लागि ५ सय ३८ मध्ये २ सय ७० इलोक्टोरल मतको आवश्यकता पर्दछ ।

यसैबीच मतगणना कानूनी लडाईंमा अड्किएको कारण नतिजामा ढिलाइ भइरहेको बताइएको छ । बाँकी पाँच राज्यमा ६, ९ र १२ नोभेम्बरसम्म मत गणना सकिने छ । २ नोभेम्बरसम्म नतिजा आधिकारिक रुपमा आइसक्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);