ब्राजिलका न्याय मन्त्री मोरोले दिए राजीनामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ब्राजिलका न्याय मन्त्री मोरोले दिए राजीनामा

sergio moro

एजेन्सी, १३ वैशाख । ब्राजिलका न्याय मन्त्री सर्जियो मोरोले राजीनामा दिएका छन् । राष्ट्रपति जायर बोल्सोनारोले राजनीतिक हस्तक्षेप गरेको भन्दै मन्त्री मोरोले राजीनामा दिएका हुन् ।

गोप्य सूचनाहरु सीधै आफूसम्म ल्याउने व्यक्तिको खोजी बोल्सोनारोले गरेको आरोप मोरोले लगाएका छन् । तर बोल्सोनारोले भने आफूमाथि लगाइएको आरोप आधारहिन रहेको दाबी गरेका छन् । पूर्व न्यायाधीश समेत रहेका मोरोले ब्राजिलको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दाको सुनुवाई पनि गरेका थिए ।

राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुखलाई बर्खास्त गरेपछि उनले राजीनामा दिएका हुन् । शुक्रबार राष्ट्रपति बोल्सोनारोले संघीय प्रहरी प्रमुख माउरिसियो भालेक्सोलाई बिना कारण बर्खास्त गरेका थिए ।

मोरोले पदमा रहिरहन भावी प्रहरी प्रमुखको छनौट आफूले गर्न पाउने शर्त राखेका थिए तर उनको यो शर्त राष्ट्रपति बोल्सोनारो नस्वीकारेपछि पछि उनले राजीनामा दिएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);