कोरोना भाइरस : विश्वमा ५३ हजार भन्दा बढिको मृत्यु, १० लाख १६ हजार बढि सङ्क्रमित | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कोरोना भाइरस : विश्वमा ५३ हजार भन्दा बढिको मृत्यु, १० लाख १६ हजार बढि सङ्क्रमित

corana sakramita deshharu

सन्तोषी बोगटी

काठमाडौं, २१ चैत । कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार १६४ पुगेको छ ।

पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ५३४ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोविड–१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ । सोही बमोजिम सतर्कता अपनाउन पनि विश्व स्वास्थ्य संगठनले विश्वका सबै देशका नागरिकलाई आग्रह गर्दै आएको छ ।

कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको भन्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सचेत गराए । यस महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका नहुने पनि उनले बताए  । गरिबीको रेखामुनि दशौँ लाख व्यक्ति रहने विश्व बैक प्रक्षेपण गरेको छ ।

कोरोनाभाइरस संक्रमणबाट सर्वाधिक प्रभाव परेका ३ मुलुकको पछिल्लो परिदृश्य 

  1. इटालीमा १ लाख १५ हजार २४२ कुल सङ्क्रमित भएका छन् भने, तेह्र हजार ९१५ को मृत्यु भएको छ । यसैबीच १८ हजार २७८ निको भएर फर्किएका छन् ।
  2. स्पेनमा १ लाख १२ हजार ६५ कुल सङ्क्रमित भएका छन् भने, दश हजार ३४८ को मृत्यु भएको छ । यसैबीच २६ हजार ७४३ निको भएर फर्किएका छन् ।
  3. संयुक्तराज्य अमेरिकामा २ लाख ४५ हजार ३७३ कुल सङ्क्रमित भएका छन् भने, ६ हजार ९५ को मृत्यु भएको छ । यसैबीच १० हजार ४०३ निको भएर फर्किएका छन् ।

थप अपडेटका लागि तल क्लिक गर्नुहोला ।

विश्वभरका कोरोनाभाइरस संक्रमित देशहरु

 

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);