साउदी राजपरिवारका तीन सदस्य पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

साउदी राजपरिवारका तीन सदस्य पक्राउ

saudi royals arrested

एजेन्सी, २४ फागुन । साउदी अरेबीयाको शाहि परिवारका वरिष्ठ तीन सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा त्यहाँका राजा सलमान बिन अब्दुल्लाजिज साउका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्व राजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ रहेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उनीहरूलाई के कारणले पक्राउ गरियो भन्ने बारेमा केही खुलासा भएको छैन । पक्राउ परेका अब्दुलाजिज साउदी अरेवियाका संस्थापक राजा अब्दुलाजिजका एकमात्र जिवित छोरा हुन् ।

पक्राउ परेका मोहम्मद बिन नायेफ यसअघि आन्तरिक मामिला सम्बन्धी मन्त्री थिए । उनलाई सन् २०१७ मा साउदी युवराज मोहम्मद बिन सलमानले घरमै कैद नजरबन्द गरेर राखेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);