राज परिवारमा आन्तरिक गुट विस्तार, क्राउन प्रिन्सलाई पदवाट हटाउने प्रयास | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राज परिवारमा आन्तरिक गुट विस्तार, क्राउन प्रिन्सलाई पदवाट हटाउने प्रयास

saudi prince

काठमाडौं, १३ मंसिर । साउदी अरेबियाको राज परिवारमा आन्तरिक गुट बिस्तार हुँदै गएको छ । भित्रभित्र नै शक्तिशाली क्राउन प्रिन्स मोहम्मद बिन सलमान लाई पदबाट हटाउने प्रयास भइरहेका समाचारहरु वाहिर आएका छन ।

राज दरबारसँग नजिक रहेका स्रोतहरुका अनुसार राज परिवारका केही सदस्यहरुले बनाएको प्रभावशाली गुट मोहम्मद विन सलमानलाई हटाएर अरु कसैलाई उत्तराधिकारी बनाउन लागि परेको छ ।

साउदी क्राउन प्रिन्स मोहम्मद विन सलमानलाई हटाउने खेल सुरु भएको भएपनि राजा सलमान भने आफ्ना प्रिय पुत्र मोहम्मदलाई अपदस्त गर्न तयार देखिएका छैनन् । यहि कारण मोहम्मद विरोधी गुट राजा सलमान रहन्जेल शान्त हुने मनसायमा देखिएका छन् । राजा सलमानका एक मात्र जीवित सहोदर भाइ राजकुरमा अहमदलाई राज परिवारका केही सदस्य, सुरक्षा एजेन्सी र केही पश्चिमी देशहरुको समर्थन छ ।

सन् १९५३ देखि ६ दाजुभाइ ले विश्वको अन्तिम र एकमात्र पूर्णतः राजतन्त्रीय शासन व्यवस्था रहेको साउदी अरेबियाको सत्ता सम्हाल्दै आएका छन् । यी सबै ६ भाइ आधुनिक साउदी अरेबियाका संस्थापक अब्दुल अजीज अल–ए साउदका छोरा हुन् । यिनीहरुकै शासन कालमा साउदी अरेबियामा पश्चिमी देशका कम्पनीहरुले व्यापक रुपमा तेलको उत्खनन् सुरु गरेका हुन् ।

अब्दुल अजीज अल–इ साउदले सन् १९४५ मा रेड सागरमा एक अमेरिकी युद्धपोतमा तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्यांकलिन रुजवेल्टसँग भेटवार्ता गरेका थिए । योसँगै साउदी अरेबिया र अमेरिकाको मित्रताको सिलसिला सुरु भएको हो र अहिले पनि जारी छ । अब्दुल अजीजका ६४ छोरा र ५५ छोरी थिए । उनको निधनपछि ६४ मध्ये ६ छोराले साउदी अरेबियामा सत्ता चलाए ।

अहिलेसम्म राजा रहेको भाइको निधन भएपछि अर्को भाइले सत्ताको बागडोर सम्हाल्ने परम्परा थियो । तर राजा सलमानले मोहम्मद विन सलमानलाई क्राउन प्रिन्स बनाएपछि त्यो क्रम भंग हुने देखिएको छ । साउदी अरेबियामा राजा अब्दुल अजीजकी एक श्रीमती हस्सा सुदेरीका सन्तानको एक गुट निकै प्रभावशाली मानिन्छ । यिनीहरु नै राज परिवारमा प्रभावशाली सदस्य रहे ।

पछि पारिवारिक झगडाका कारण तुर्की बिन अब्दुल अजीजलाई खानदानबाट हटाइएपछि ६ भाइ यो गुटमा रहेका छन । सन् २०१५ मा अब्दुल्लाहको निधन भएपछि उनका भाइ सलमान राजा बने । उनले परम्परालाई तोड्दै आफ्ना कान्छा भाई अहमदको ठाउँमा भाइका छोरा मोहम्मद बिन नईफलाई क्राउन प्रिन्स र ३० वर्षका आफ्ना प्रिय पुत्र मोहम्मद बिन सलमानलाई डेपुटी क्राउन प्रिन्स बनाए ।

त्यसको केही समयपछि मोहम्मद बिन नईफले आफू मोहम्मद विन सलमानप्रति सदा जिम्मेवार रहने कसम खाँदै क्राउन प्रिन्सको पद छोडे । यसरी राजा सलमानले परम्परालाई तोड्दै आफ्ना छोरालाई क्राउन प्रिन्स नियुक्त गरेका हुन । अब्दुल अजीजका सन्तान मध्ये राजा सलमान र प्रिन्स अहमदको निधनपछि साउदी राज परिवारमा जो कोहीले पनि सत्ताका लागि आफ्नो अधिकारको दाबी गर्ने छन् ।

तर सत्तामा सुदेरी गुटको प्रभावलाई हेर्दा यहि परिवारको कुनै सदस्य गद्दीमा बस्नेछन् । सन् २००५ मा अब्दुल्ला राजा बनेपछिका सबै क्राउन प्रिन्स सुदेरी परिवारबाट नै छन् । राजा सलमान पनि आफ्नो निधनपछि यहि परिवारले सत्ता चलाओस् भन्ने चाहना राख्छन ।

साउदी राज परिवार, विशेष गरी क्राउन प्रिन्स एमबिएसका कडा आलोचक पत्रकार जमाल खाशोग्गीको अक्टोबरमा भएको हत्यामा मोहम्मद विन सलमानको संलग्नता रहेको आरोपका बिच विरोधी गुटहरु सक्रिय भएका छन् । खाशोग्गी हत्या प्रकरणका कारण मोहम्मद विन सलमानप्रति बढ्दै गएको अन्तर्रा्ष्ट्रिय दबाबलाई राजकुमार अहमदले आफू राजा बन्ने राम्रो मौकाका रुपमा लिएका छन् ।

उनले ४० वर्षसम्म गृह मन्त्रालयमा उपमन्त्रीको रुपमा काम गरेका थिए र अमेरिकाको समर्थन पनि रहेको छ । तर राजा सलमान खाशोग्गी हत्याको राज खुलेपछि चुकाउने पर्ने मूल्यका लागि तयार रहेको तर क्राउन प्रिन्सको समर्थनबाट पछि नहट्ने मनसायमा देखिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);