सवारी साधन बिष्फोटमा परेर चीनमा २२ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

सवारी साधन बिष्फोटमा परेर चीनमा २२ जनाको मृत्यु

एजेन्सी, १२ मंसिर । उत्तरी चीनको एक रासायनिक कारखाना नजिकै भएको बिष्फोटनमा परी २२ जनाको मृत्यु भएको छ । बुधवार उत्तरी चीनको हेबेइ प्रान्तको जाङ्गजीआकुउ शहरमा अवस्थित रासायिक कारखानानजिकै उक्त बिष्फोट भएको हो ।

बिष्फोटमा परेर अन्य २२ जना घाइते भएका चीनयाँ अधिकारीहरुले जानकारी दिएका छन् । विस्फोटमा परी ३८ वटा ट्रक र १२ अन्य सवारी साधन समेत ध्वस्त भएको जनाइएको छ । विस्फोटमा परी घाइते भएकाहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको बताइएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार एक सवारी साधनले बोकेको अति संवेदनशील विस्फोटक पदार्थ कारखानामा प्रवेश गर्ने पर्खाइमा रहेका बेला अकस्मात विस्फोट भएको थियो । उक्त कारखाना नजिकै भएको विस्फोटबाट कारखानाको भित्र भने कुनै असर नभएको जनाइएको छ ।

तर विस्फोटपछि लागेको आगोका कारण त्यसैको वरिपरि रहेका अरु सवारी साधनहरुमा भने आगलागी भएको थियो । विस्फोट भएपछि सल्किएको आगोबाट सडकमा र पार्किङमा रहेका ३८ ओटा ट्रक र १२ ओटा कार समेत जलेर नष्ट भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);