उत्तरी सिरियामा सेनालाई गरियो तैनाथ, सर्वसाधारण थप मारमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

उत्तरी सिरियामा सेनालाई गरियो तैनाथ, सर्वसाधारण थप मारमा

SAINEK

एजेन्सी, २७ असोज । सिरियाले टर्किश सेनाबाट आक्रमण भइरहेको उत्तरी सिरियामा सेना तैनाथ गरेको छ । सिरियाली सेनाले कुर्द लडाकुहरुको समर्थनमा टर्कीश सेनासँग लड्नका लागि भन्दै उत्तरी क्षेत्रमा सेना तैनाथ गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

गत साता टर्कीश सेनाले आतंकवाद विरुद्धको कारबाही भन्दै सिरियाको उत्तरी क्षेत्रमा सैन्य आक्रमणपछि सिरियाले पनि सेना तैनाथ गरेको हो । कुर्द लडाकूहरुको पकड रहेको सो क्षेत्रमा टर्किश सेनाको आक्रमणबाट सयौं विस्थापित भइसकेका छन् भने दुवै पक्षका थुप्रैको ज्यान गइसकेको छ । त्यस क्षेत्रबाट अमेरिकी सेना फिर्ता भएपछि टर्कीश सेनाले गरेको आक्रमणबाट सर्वसाधारण थप मारमा परेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);