फ्लोरिडाको गल्फ कोस्ट नजिक विमान दुर्घटना, दुई महिलासहित ४ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

फ्लोरिडाको गल्फ कोस्ट नजिक विमान दुर्घटना, दुई महिलासहित ४ जनाको मृत्यु

भेनिस, २४ चैत्र । फ्लोरिडाको गल्फ कोस्ट नजिक बिहीबार एउटा विमान दुर्घटना भएको छ । यस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले सो जानकारी दिएको हो । विमान दुर्घटनामा परी ज्यान गुमाउनेमा दुई महिला रहेका छन् । अहिले प्रहरीले सबै शव बरामद गरेको छ ।

विमान भेनिस विमानस्थलबाट उडेको थियो र पश्चिममा मेक्सिकोको खाडीमा दुर्घटनाग्रस्त भएको थियो । भेनिसका प्रहरी क्याप्टेन एन्डी लिसेनिङले घटनास्थलमा उपस्थित मानिसहरूले ९११ लाई फोन गरेर विमान दुर्घटना भएको जानकारी दिएका छन् ।

प्रहरी अधिकारीले विमानस्थलमा उपलब्ध भिडियो फुटेज र दुर्घटनास्थलको समीक्षा गरिने बताए । राष्ट्रिय यातायात सुरक्षा बोर्डले यस विषयमा अनुसन्धान गरिरहेको छ र भिडियो फुटेज बुझाएको छ। दिउँसो केही समय अगाडि पाइपर पीए–३२आर विमान २३ फिट पानीमुनि देखिएको उनले बताए । अधिकारीहरूले विमान दुर्घटनामा मारिएका चार जनाको पहिचान गरेका छन्। मारिनेमा ६४ वर्षीय विलियम जेफ्री लम्पकिन, ६८ वर्षीय प्याट्रिसिया लम्पकिन, ६० वर्षीया रिकी जो बेभर, ५७ वर्षीया एलिजाबेथ एनी बेभर रहेका छन् ।

डिसेम्बरमा भेनिस नजिकै यस्तै दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको थियो। तर, प्रहरी अधिकारीले घटनालाई असाधारण भनेका छन् । यती छोटो समयमा दुईवटा विमान दुर्घटना भएपनि उनीहरुबीच कुनै सम्बन्ध छ कि छैन भन्ने निष्कर्ष निकाल्न निकै चाँडो भएको उनले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);