कृषि क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने दाबी : चक्रपाणि खनाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

कृषि क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने दाबी : चक्रपाणि खनाल

chakrapani-khanal (1)

काठमाडौं, २ जेठ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रमा रहेको सिण्डिकेट तोड्ने दाबी गरेका छन् ।

मंगलबार काठमाडौंमा भएको साक्षात्कारमा मन्त्री खनालले कृषकहरुलाई फाईदा हुने गरी कदम चाल्ने भन्दै तरकारीमा रहेको सिण्डिकेट तोडने दाबी गरे । कषि क्षेत्रलाई ध्यानमा राखेर ‘किसान पेन्सन’ लगायत केही नयाँ कार्यक्रमहरु ल्याउने खुलासा गर्दै सिधै किसानको खातामा जाने गरी पेन्सन पठाउने व्यवस्था गरिने बताए ।

नेपालमा जमिनको समस्या रहेको भन्दै उनले जमिनलाई वर्गिकरण गरेर समस्या हल गरिने बताए । कृषि क्षेत्रमा के–के गर्न सकिन्छ भन्नेबारे ईजरायलसँग कुरा भएकोले निकट भविष्यमा सहमति गरिने उनले जानकारी दिए । नेपालमा ६६ प्रतिशत जनता कृषिमा आधारित रहेपनि उनीहरुको अवस्था नाजुक रहेकोले यसबारेमा केही नयाँ गर्ने उनको सोच छ ।

नेपालबाट उत्पादन भएका कृषिजन्य वस्तुहरु १२ देखि १३ अर्वको मात्रै निर्यात हुने तर करिब १ सय १० अर्बको आयात भैरहेको जनाउँदै भारतसँगको व्यापार घाटा कम गर्न कृषिमा नयाँ क्रान्ति गर्न आवश्यक रहेको बताए । आगामी बजेटमा कृषिलाई प्राथमिकता दिईने उनले विश्वास व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);