(अपडेट) समिट एअर विमान दुर्घटना: तीन जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ४ २०८१, मंगलबार

(अपडेट) समिट एअर विमान दुर्घटना: तीन जनाको मृत्यु

airplane accident

सोलुखुम्बु, १ बैशाख । लुक्ला विमानस्थलमा समिट एअरको विमान र मनाङ एअरको हेलिकप्टर ठोक्किएर दुर्घटना भएको छ ।

विमानस्थलमा रोकिराखिएको हेलिकप्टरमा समिट एअरको विमान आएर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएको सोलुखुम्वुका प्रमुख जिल्ला अधिकारी नगेन्द्र कुमार रानाले जानकारी दिए ।

एक जना कोपाइलट र दुई जना असईको मृत्यु भएको पुष्टि भएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले कोपाइलट र प्रहरीको मृत्यु भएको पुष्टि गरे । समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का र असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

विमानस्थलवाट उडन लागेको विमान चिप्लिएर रोकिराखेको हेलिकप्टरमा ठोकिएको जनाइएको छ । अहिले सगरमाथा आरोहण र पदयात्राको सिजन भएकाले लुक्लामा विमानको चाप बढेको समयमा दुर्घटना भएको हो । लुक्ला विमानस्थल विश्वकै कठिन विमानस्थल मध्यको एक विमानस्थलका रुपमा पर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);