चीन गरिबीमुक्त राष्ट्र घोषणा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

चीन गरिबीमुक्त राष्ट्र घोषणा

Xi-Jinping Nepal visit

एजेन्सी, १४ फागुन । चिनियाँ राष्ट्रपति सी चिनफिङले ८ वर्षको अवधिमा सिंगो मुलुक नै गरिबीमुक्त भएको घोषणा गरेका छन् ।

बिहीबार राजधानी बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपल्स’ मा आयोजित सभामार्फत् राष्ट्रपति सीले चिनियाँ विशेषतायुक्त मापदण्डबमोजिम अब चीन चरम गरिबीबाट मुक्त भएको घोषणा गरेका हुन् ।

घोषणामा दावी गरिएअनुसार ८ बर्षको अवधिमा चीनका ८ सय ३२ वटा गरिव जिल्ला, १ लाख २८ हजार गाउँ गरिबीमुक्त भएका हुन् । राष्ट्रपति सीले गरिवी निवारणको लक्ष्यलाई आफ्नो कार्यकालको प्रमुख एजेन्डा बनाउँदै आएका थिए । आफ्नो महत्त्वाकांक्षी योजना सफल पार्न राष्ट्रपति सीले आठ वर्षको अवधिमा चीनका १४ वटा अति विपन्न क्षेत्रको भ्रमण गरेका थिए ।

१० करोड चिनियाँ नागरिकलाई गरिबीको चपेटाबाट निकालिएको चिनियाँ सञ्चारमा माध्यमले जनाएको छ । तर केही विश्लेषकहरुले भने गरिबी निवारणको चिनियाँ मापदण्डमाथि नै आशंका गर्दै आएका छन् । चिनियाँ सञ्चारमाध्यमले भने यसलाई मानव इतिहासमा आजसम्म नभएको अद्भुत उपलब्धि भनेर व्याख्या गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);