फेसन पनि शालीनता पनि | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फेसन पनि शालीनता पनि

fashion

काठमाडौँ, ४ साउन । फेसनेबल देखिन ‘छोटा र पारदर्शी’ पहिरन लगाउनुपर्छ भन्ने छैन । बलिउडका अभिनेत्रीले अहिले प्रमाणित गरिदिएका छन् । सोनम कपुर, अनुष्का शर्मा र काजोलजस्ता अभिनेत्री अचेल घाँटीदेखि खुट्टासम्म ढाक्ने लुगामा हुन्छन् । तैपनि ती सदैव क्यामेराको केन्द्र बिन्दुमा हुने गरेका छन् ।

उनीहरूको यस्तो ‘मोडेस्ट ड्रेसअप’ लाई लिएर फेसन समीक्षकहरू लेख्छन्, ‘पूरै ढाकिनु पनि पहिरनमा उदार हुनुजत्तिकै आकर्षक हुन्छ ।’ हाइनेकवाला म्याक्सी होस् वा शाही लुक्सको गाउन, सम्पूर्ण शरीर ढाक्ने पहिरनबाट महिलाले आफ्नो व्यक्तित्व झल्काउन सक्छन् । बलिउड डिभाहरूले शरीर ढाकेरै आफूलाई भीडमा अगल देखाउन सफल भइरहेको कुराले पनि फेसन कति फराकिलो छ भन्ने प्रस्ट पार्छ । अभिनेत्रीहरू सधैं अंग प्रदर्शन गरेर ध्यान खिच्न खोज्छन् भन्ने मान्यता अब तोडिदिएको छ । मोडेस्ट ड्रेसमा पनि उनीहरू अघिपछिभन्दा कम सुन्दर देखिएका छैनन् ।

भारतका सेलेब्रिटी डिजाइनरहरूले समेत ‘हेड टु टो’ डिजाइनका पहिरन बनाएर मोडेस्ट ड्रेसिङ मुभमेन्ट (सभ्य परिहन अभियान) मा अभिनेत्रीहरूलाई साथ दिन थालेका छन् । यस्ता पहिरन सरल र साधारण भए पनि आकर्षक हुने बताइन्छ । अहिलेका दृढ, स्वतन्त्र र आत्मविश्वासी महिलालाई छोटा लुगा लगाएर ‘विशेष’ देखिन आवश्यक नरहेको भन्दै अभिनेत्रीहरूले पूरै ढाकिएर आफूलाई सेक्सी देखाउने उपाय अपनाएका हुन् ।

मोडेस्ट ड्रेसिङलाई महिला सशक्तीकरणसँग जोडदै यसप्रति रुचि देखाउनेको संख्या बढदो छ । कतिपयले चाहिँ यस्तो रूढिवादी परिहन किन ट्रेन्डिङ बनेको होला भन्ने प्रश्न पनि गर्छन् । लुगा कस्तो लगाउने भन्ने कुरा नितान्त व्यक्तिगत निर्णय भएको र कसैको लुगाको लम्बाइ चौडाइ नापेर त्यसलाई सभ्यरअसभ्यको टयाग लगाउनु गलत हुने तिनको तर्क छ ।

खासमा पछिल्लो गोल्डेन ग्लोब अवार्डदेखि मोडेस्ट पहिरन पपुलर बनेको हो । अवार्ड समारोहमा सेलेब्रिटीहरूले महिला हिंसाविरुद्धको ‘मी टु अभियान’ को समर्थनमा घाँटीदेखि पाउसम्म ढाक्ने पहिरन लगाएका थिए । महिलाका मुद्दालाई गम्भीर रूपमा लिनुपर्छ भन्नका लागि तिनले पहिरनमार्फत सांकेतिक अभिव्यक्ति दिएका थिए । मोडल बिनी हार्लोदेखि एस्ले ग्राहाम, राधिका नायर र भूमिका अरोरासम्मले मोडेस्ट ड्रेसिङलाई आत्मसाथ गरेका छन् ।

महिलाले आफूलाई अब्बल, सुन्दर र सानदार देखाउन पहिरनमा सम्झौता गर्नु पर्दैन भन्ने कुरा हिसाब लगाउने अमेरिकी मोडेल हालीमा एडेनलाई हेर्दा थाहा हुन्छ । उनी अनुहारबाहेक सबै शरीर ढाक्छिन्, कहिलेकाहीँ आँखा मात्र देखाएर मोडलिङ गरिरहेकी हुन्छिन् । तै पनि उनका प्रशंसक असंख्य छन् । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);