मोडल चरी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मोडल चरी

chari

काठमाडौँ, ७ जेठ । उनी पखेटा फिँजाउँदै बिस्तारै स्टेजमा देखिइन् । मोडल या डाँफे  दर्शक दंग थिए । यस्तो मानवरूपी डाँफे बनाउन चाहिँ फेसन डिजाइनरले निकै मेहनत गरेका थिए ।

राजधानीको हायात होटलमा शनिबार आयोजित फेसन सोमा मोडलहरू । उनीहरूको तीक्ष्ण कल्पनाशीलता ती मोडलको शरीरमा प्रशस्तै झल्किन्थ्यो । बैजनी, नीलो, पहेंलो, हरियो, खैरो लगायत मल्टी–कलर र कपास बुनेर बनाइएको डाँफे चरीमा मोडल आकर्षक देखिन्थिन् ।

नमुना कलेज अफ फेसन टेक्नोलोजीमा स्नातक अध्ययनरत विद्यार्थीले राजधानीमा शनिबार साँझ गरेको फेसन सोमा विभिन्न सिक्वेन्समध्ये क्रिएटिभ सिक्वेन्समा विद्यार्थीले ग्रुपमा काम गरेका थिए । यस अन्तर्गत उनीहरूले लोपोन्मुख र खतराको सूचीमा परेका जीव जन्तुबाट प्रभावित भएर फेसन डिजाइन गरेका थिए । ‘हिमालयन मुनाल’ थिममा निशा अधिकारी, सविना न्यौपाने, सम्राट राई र सञ्जु श्रेष्ठले डाँफे प्रभावित पहिरन बनाएका थिए । डाँफेको स्वरूप देखाउन चाहिँ उनीहरूले आउटरको माध्यम अपनाएका थिए ।

क्रिएटिभ सिक्वेन्समा १६ वटा पहिरन देखाइए । ‘इन्डियन फ्लाइङ फक्स ब्याट’, ‘रेन्बो लोरिकेट’, ‘सारस क्रेन’, ‘स्नो लियोपार्ड’ र ‘ब्याट फ्लावर’ बाट प्रभावित पहिरनहरू रोचकमात्रै हैन, लोपोन्मुख वन्यजन्तु संरक्षणको सन्देशसहित सिर्जनात्मक पनि थिए । नेट, प्वाँख, सिल्क, कागज, प्लास्टिकका चम्चा, ऊन जस्ता कच्चा पदार्थ प्रयोग गरेर विद्यार्थीहरूले विभिन्न चरा स्वरूप झल्कने पहिरन बनाएका थिए ।

प्रदर्शनीमा ‘क्रिएटिभ’ सिक्वेन्ससँगै अन्य चार सिक्वेन्स समेत थिए । तीमध्ये, ‘ट्रान्सफर्मेसन’ सिक्वेन्सका पहिरन मन छुने थिए ।
‘टु’ इन ‘वान’ शैलीको उक्त डिजाइनहरूमा युवती मोडलको पहिरन लक्षित गरिएको थियो । एउटै शरीरमा दुईवटा पहिरन देखाएर दर्शकलाई चकित पारेका थिए मोडलले । त्यही लुगा खुम्च्याएर लगाउँदा स्कर्ट र फुकाएर लगाउँदा फ्लोर लेन्थ पहिरन सहित मोडल प्रस्तुत भएका थिए । एउटै शरीरमा दुईवटा स्टाइलका पहिरन बनाउन सक्नुमा विद्यार्थीको कलात्मकता र सिर्जनशीलता झल्किन्थ्यो । त्यस्तै, ‘कलर ब्लकिङ’ थिमको डिजाइन पनि सामान्य तर कलात्मक थियो । यस अन्तर्गत डिजाइनरले कलर संयोजनको जादु देखाएका थिए । त्यस्तै, हाकुपटासी प्रभावित पहिरन र गोल्ड एन्ड ग्लिटर थिमका पहिरन समेत रोचक थिए । रोजिन शाक्यको कोरियोग्राफी रहेको फेसन सोमा १० मोडल र्‍याम्पमा देखा परेका थिए । कान्तिपुरबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);